-
मिति: 07/29/2025 - 15:06
-
मिति: 06/23/2025 - 13:55
-
मिति: 10/23/2024 - 13:21
-
मिति: 08/11/2024 - 07:22
-
मिति: 06/23/2024 - 11:48
ताराखोला गाउँपालिकाको संक्षिप्त परिचय
नेपाल सरकारको मिति २०७८ अनुसार गते राजपत्रमा प्रकाशित सूचना बमोजिम ताराखोला गाँउपालिका स्थानीय तहको रुपमा कायम भएको हो । नेपाल भित्रको नेपाल भनेर चिनिने जिल्ला बागलुङ हो । यस जिल्लाको मध्य भागमा ताराखोला गाँउपालिका अवस्थित रहेको छ । यस गाँउपालिकाको पूर्वमा काठेखोला गा.पा. र पश्चिममा ढोरपाटन नगरपालिका, उत्तरमा म्याग्दी जिल्ला र दक्षिणमा गलकोट नगरापालिका पर्दछन् । पाँच वटा वडा रहेको यस गाँउपालिका साविकका अर्गल, अमरभूमी, हिल र तारा गा.वि.स मिलि बनेको छ । यस गा.पा को सबैभन्दा होचो भाग समुन्द्री सतहबाट करिब १४ सय मिटर देखि सबैभन्दा अग्लो भाग डुँडेलेकको धुरी करिब ३५ सय मिटर उचाईमा रहेको छ ।यसको औसत लम्बई १९०९१ मिटर र चौडाई ८६५३ मिटर रहेको छ भने कुल क्षेत्रफल समग्रमा १२८।९२८८ वर्ग कि.मि रहेको छ। विभिन्न भौगोलिक तथा सास्कृतिक रुपमा विविधता युत्त यस गाँउपालिकामा जनजाति हरुको बसोबास को बहुल्यता रहेको छ । बि.स.२०७८ को जनगणना अनुसार यहाँ को जनसंख्या १०१२० मात्र रहेको छ ।
| क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
|---|---|---|---|---|
| १ | १ | अमरभूमि(१-९) | १८८७ | २०.२ |
| २ | २ | अर्गल(१-९) | २१०६ | १९.५९ |
| ३ | ३ | हिल(१-९) | २०४३ | २२.०५ |
| ४ | ४ | तारा(३-५,९) | १४२८ | २५.९५ |
| ५ | ५ | तारा(१,२,६-८) | २६४६ | ४१.७३ |
| जम्मा | १०१२० | १२९.५२ |
